Madhes Khabar
कर्पोरेट

शेयर बजार ४४ अंकले बढ्यो, १ अर्ब ५१ करोड रुपैयाँको कारोबार

काठमाडौं,२५ भदौं : शेयर बजार सोमबार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा पुगेको छ ।

सोमबारसबै समूहको शेयर बढेकोमा होटल, जलविद्युत्, लघुवित्त र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर शेयर झन्डै ८ प्रतिशतले घटेको छ ।

सोमबार ४७ लाख ४२ हजार कित्ता शेयर एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Related posts

सेयर लगानीकर्ताहरुद्धारा सरकार विरुद्ध प्रदर्शन

MadhesKhabar

केही सहकारी संस्था भागेको हल्लाको प्रभाव वीरगञ्जको सहकारीमा पनि

MadhesKhabar

वीरगन्जमा नबिल बैंकको नयाँ शाखा सञ्चालन, मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment