Madhes Khabar
शिक्षा

वडाध्यक्ष चतुर्वेदीद्वारा विद्यालयमा फर्निचर , खेलकुद र स्टेशनरीका सामाग्री प्रदान

मधेसखबर
वीरगन्ज ,०५ माघ :वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का दुई वटा सामुदायिक विद्यालयमा वडाध्यक्ष आशुतोष चतुर्वेदीले फर्नि, स्टेशनरी र खेलकुद सामाग्री उपलब्ध गराएका छन् ।

वडाध्यक्ष चतुर्वेदीले वडा नम्बर २५ माैजेटाेल र खल्वाटाेलका गरि दुई वटा विद्यालयमा कुर्सी, डेस्क, ब्रेन्च, खेलकुद सामाग्री र स्टेशनरीको सामान उपलब्ध गराएका हुन्।

वडाध्यक्ष चतुर्वेदीले खेलकुद सामाग्री, फर्निचर तथा स्टेशनरीका सामान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

विद्यार्थीको समग्र विकासको लागि वडा कार्यालयको ३ लाख रुपैया बजेटबाट दुईवटा विद्यालयमा उक्त सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष चतुर्वेदीले बताए ।

Related posts

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यादवले महुवन माविका २०० छात्राहरुलाई बाँडे स्कूल ब्याग

MadhesKhabar

चिसो अत्याधिक बढेपछि पर्साका चार पालिकाहरुले विद्यालयमा दिए जाडो बिदा

MadhesKhabar

भगवान यादवले अटेरी गरेपछि हरिखेतान क्याम्पसमा मेयर सिंहले चलाइदिए डाेजर

MadhesKhabar

Leave a Comment