Madhes Khabar
समाज हेडलाइन

वीरगन्जकाे मानव सेवा आश्रममा ५० थान कम्बल सहयाेग

मधेसखबर
वीरगन्ज ,०४माघ : वीरगन्जमा रहेकाे मानव सेवा आश्रमलाई जिल्ला प्रशासन कार्यालय पर्साकाे जिल्ला विपद व्यवस्थापन समितिले ५० थान कम्बल उपलब्ध गराएकाे छ ।

आश्रममा रहेका आश्रितहरुलाई जाडाेमा चिसाेबाट जाेगिनका लागि जिल्ला विपद व्यवस्थापन समितिले ५० थान कम्बल उपलब्ध गराएको हाे ।प्रमुख जिल्ला अधिकारी उमेश ढकालले मानव सेवा आश्रम वीरगन्जकि संयाेजक सानु गुरुङ मानवसेवालाई कम्बल हस्तान्तरण गरेका हुन् ।

गुरुङका अनुसार, आश्रममा अहिले सडकबाट उद्वार गरिएका ५० जना सहयाेजापेक्षी रहेका छन् । उनिहरु अहिलेकाे कठ्याङ्ग्रिदाे जाडाेमा समस्यामा नपरुन् भनेर न्यानाे कम्बल उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

Related posts

सिर्सियास्थित नगर विकास समितिको जग्गा नापजाँच सुरु

MadhesKhabar

पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

सर्वाेच्चकाे आदेश विरुद्ध नागरिकता विहिन युवाहरुद्वारा वीरगन्जमा प्रदर्शन 

MadhesKhabar

Leave a Comment