Madhes Khabar
समाज हेडलाइन

वीरगन्जकाे मानव सेवा आश्रममा ५० थान कम्बल सहयाेग

मधेसखबर
वीरगन्ज ,०४माघ : वीरगन्जमा रहेकाे मानव सेवा आश्रमलाई जिल्ला प्रशासन कार्यालय पर्साकाे जिल्ला विपद व्यवस्थापन समितिले ५० थान कम्बल उपलब्ध गराएकाे छ ।

आश्रममा रहेका आश्रितहरुलाई जाडाेमा चिसाेबाट जाेगिनका लागि जिल्ला विपद व्यवस्थापन समितिले ५० थान कम्बल उपलब्ध गराएको हाे ।प्रमुख जिल्ला अधिकारी उमेश ढकालले मानव सेवा आश्रम वीरगन्जकि संयाेजक सानु गुरुङ मानवसेवालाई कम्बल हस्तान्तरण गरेका हुन् ।

गुरुङका अनुसार, आश्रममा अहिले सडकबाट उद्वार गरिएका ५० जना सहयाेजापेक्षी रहेका छन् । उनिहरु अहिलेकाे कठ्याङ्ग्रिदाे जाडाेमा समस्यामा नपरुन् भनेर न्यानाे कम्बल उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

Related posts

कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त ६ महिनापछि पक्राउ

MadhesKhabar

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

MadhesKhabar

एनप्याब्सनले दायर गरेको रिट खारेज, स्तर तथा शुल्क निर्धारण कार्यान्वयनको बाटो खुल्यो

MadhesKhabar

Leave a Comment