Madhes Khabar
अर्थतन्‍त्र

भारतबाट आयो इन्धनको नयाँ मूल्यसूची

वीरगन्ज,०२ माघ : भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले आयल निगमलाई नयाँ सूची पठाएको हो ।

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।

उनका अनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ ।साभारः कान्तिपुर

Related posts

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा फेरि सुरु भयो अघोषित लोडसेडिङ, २ हजार उद्योग प्रभावित

MadhesKhabar

वीरगन्ज–२५ मा रहेको जय माता दुर्गेश्वरी सहकारीले एक वर्षमा गर्‍यो साढे ३ करोडको कारोबार

MadhesKhabar

जीतपुर सिमरा नगर उधोग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मनोज निर्वाचित

MadhesKhabar

Leave a Comment