Madhes Khabar
राष्ट्रिय

कांग्रेस प्रवक्ता डा. महत भन्छन्– चीनको ऋणमा रेल चलाउन सकिँदैन

वीरगन्ज ,०८ पुस: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा चिनियाँ ऋणमा रेल चलाउन नसकिने बताएका छन् । उनले नेपालको बाटो भएर भारतसम्म भने चिनियाँ रेल चलाउन सकिने बताए ।

उनले त्यसका लागि चीन र भारतबीच सहमति भयो भने नेपाल पनि सहमत हुन सक्ने बताए । प्रवक्ता डा. महतले बीआरआई सम्झौतामा चिनियाँ रकम चलाउने कुरा रहेको भन्दै त्यो नेपालले स्वीकार नगर्ने बताए ।

उता नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने बीआरई जस्ता ठूला परियोजना नेपाललाई आश्यक हुने बताएका छन् । उनले विश्व अर्थतन्त्रसँग जोडिएर मात्रै विकास सम्भव हुने बताए । उनले भने, ‘विकास सहायतालाई अरू रूपमा हेर्न मिल्दैन । डाइभर्स कनेक्टिभिटी आवश्यक छ ।’ साभार:शिलापत्र

Related posts

टेलिकम वर्कस युनियनको केन्द्रिय अध्यक्षमा वीरगन्जका रौनियार निर्वाचित

MadhesKhabar

काठमाडौं–तराई फास्ट ट्रयाक २०८३ सालभित्रै सम्पन्न गर्ने सरकारको घोषणा

MadhesKhabar

वीरगन्जमा चीनीया सम्झौता विरुद्ध प्रदर्शन, चिनीया राष्ट्रपतिको पुत्ला दहन

MadhesKhabar

Leave a Comment