Madhes Khabar
स्थानिय

पोखरियामा विपद् सम्बन्धी योजनालाई थप प्राथमिकता दिने मेयर चौहानको प्रतिबद्धता

मधेसखबर
वीरगन्ज,२४ मंसिर : पर्साको पोखरिया नगरपालिकामा शनिबार सूचना व्यवस्थापन प्रणाली–विपद् पोर्टलको विपद् तथा जलवायू उत्थानशील योजना (एलडि सिआरपी) बारे छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विपद् व्यवस्थापन समिति र पोखरिया नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको उद्घाटन मेयर प्रधुमन चौहानले गरेका थिए ।गृह मन्त्रालयको संयोजनमा विभिन्न ११ वटा मन्त्रालय र विभागहरुको सहकार्यमा निर्माण गरिएको पोर्टलमा विपद् सम्बन्धि सूचना तथा जानकारीहरू समावेश गरिएको छ ।

कार्यक्रममा मेयर चौहानले पोखरीया नगरपालिकाले अबका दिनमा विपद् सम्बन्धी योजनाहरूको कार्यान्वयनलाई थप प्राथमिकता दिने प्रतिबद्धता जनाए ।पोखरिया नगरपालिकामा सन् २०११ देखि हालसम्म भएको विपद्का घटनाहरुको विस्तृत विवरण पोर्टलमा राखिएको तथा आगामी दिनमा यस पोर्टललाई अझ अद्यावधिक गर्दै लगिने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले जानकारी दिए ।

Related posts

बारामा छाेराले नै आमामाथि बलात्कारको प्रयास गरेकाे भन्दै प्रहरीमा उजुरी

MadhesKhabar

जगरनाथपुरमा अतिक्रमण गरिएको १५ बिघा सार्वजनिक जग्गा खाली गराएर वृक्षाराेपण गर्ने तयारी

MadhesKhabar

मेनराेडकाे २५/२५ मिटर ताेड्नुपर्ने क्षेत्रकाे सीमांकन गर्न नापी कार्यालय वीरगन्जलाई पत्रचार

MadhesKhabar

Leave a Comment