Madhes Khabar
कृषि

नेपालमा मलको अवस्था : ४२ हजार टन मौज्दात ,अढाइ लाख टन आउदै

वीरगन्ज,१८ मंसिर : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ ।

आइतबार मलको उपलब्धता बारे विवरण सार्वजनिक गर्दै कृषि मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात छ ।

कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिकटन, डीएपी १८ हजार ४३२ मेट्रिकटन र पोटास १ हजार ८३७ मेट्रिकटन मौज्दात छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात छ ।

चालु आवको कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २१२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिकटन रासायनिक मल बिक्री गरेको जनाएको छ ।यस्तै २ लाख ४५ हजार मेट्रिक टन युरिया मल आयातको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

एक लाख १५ हजार मेट्रिकटन युरिया मल आयात भइरहेको र भारतसँग जीटूजीमा खरिद गरेको २ लाख ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो हस्तासम्म आइपुग्नेगरी हाल प्याकिङ भइरहेको पनि मन्त्रालयले जनाएको छ ।साभार : अनलाइनखबर

Related posts

मधेसका किसानलाई यसवर्ष गहुँ खेतीका लागि मलको अभाव नहुने

MadhesKhabar

मलमा अनुदान कटाैती गर्ने सरकारकाे निर्णय फिर्ता लिन किसान संघ पर्साकाे माग

MadhesKhabar

साउनको पहिलो हप्ता मल आइपुग्छ  : कृषि मन्त्री यादव

MadhesKhabar

Leave a Comment