Madhes Khabar
समाज

बारामा अप्राकृतिक मैथुन गर्न खोज्ने व्याक्तिको हत्या , एक बालक पक्राउ

मधेसखबर
वीरगन्ज,१५ मंसिर : बारामा आफुसंग अप्राकृतिक मैथुन गर्न खोज्ने व्याक्तिको हत्या गर्ने १६ वर्षका एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ रामपुर्वा टोलका १६ वर्षिय बालक रहेका छन् । नाबालक भएका कारण प्रहरीले उनको परिचय खुलाएको छैन ।

प्रहरीका अनुसार , यहि मंसिर १३ गते (गत मंगलबार) राति ती बालकले आफुसंग अप्राकृतिक मैथुन गर्न खोज्ने गाँउकै ४६ वर्षिय परिक्षण चौधरीलाई चिर्पटले प्रहार गरि हत्या गरि शव , स्थानीय सियाराम चौधरीको गोठ पछाडि खाल्डो खनेर गाडेका थिए ।
मंगलबार राति ती १६ वर्षिय बालक स्थानीय राम पुकार चौधरीको खाजा नास्ता पसलबाट रक्सी सेवन गरि घर फर्कदै थिए ।

बाटोमा परिक्षण चौधरीले उनलाइ रोकेर अप्राकृतिक मैथनुन गर्न खोज्दा ती बालकले सिसौंको चिर्पटले प्रहार गर्दा परिक्षणको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि ती बालकले परिक्षणको शव, स्थानीय सियाराम चौधरीको गोठ पछाडि लगेर खाल्डो खनेर गाडि दिएका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले बुधबार परिक्षणको शव , खाल्डो खनेर निकालेको र बुधबार नै ती बालकलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।प्रहरीसंगको बयानका क्रममा ती बालकले परिक्षण चौधरीले आफुसंग अप्राकृतिक मैथुन गर्न खोज्दा आफुले सिसौंको चिपर्टले प्रहार गर्दा उनको मृत्यु भएको र घटना लुकाउन शव खाल्डो खनेर गाडेको स्वीकार गरिसकेको बोगटीले बताए ।

घटनास्थलबाट प्रहरीले १ थान सिसौको दाउरा, १ थान कोदालो, रगत जस्तो पदार्थ लागेकोे पहेलो रंगको च्यातिएको बोरा, बायाँ खुट्टाको १ थान फित्ता वाला चप्पल, रगत जस्तो पदार्थ लागेको ज्याकेट १ थान, र जिन्स पाइन्ट पनि बरामद गरेको छ ।

पक्राउ परेका ती बालकलाई न्यायिक प्रहरी नियन्त्रण कक्षमा राख्नका लागि बिहीबार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

Related posts

रानीघाट दुर्गा पूजा सेवा समितिकाे कार्यक्रममा ९५ जनाद्वारा रक्तदान

MadhesKhabar

पर्सामा अपाङ्गता भएका चार असक्तले लायन्स क्लबबाट पाए ह्वील चेयर

MadhesKhabar

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment