Madhes Khabar
स्थानिय

पर्सा ४ का नवनिर्वाचित सांसद रिजाललाई नेविसंघको बधाई र सम्मान

मधेसखबर
वीरगन्ज,१३ मंसिर : पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्य (सांसद) मा निर्वाचित रमेश रिजाललाई नेपाल विधार्थी संघ पर्साका नेता कार्यकर्ताहरुले बधाइ दिदै सम्मान गरेका छन् ।

नेविसंघ पर्साका पूर्व अध्यक्ष विकास तिवारीको नेतृत्वमा नेविसंघका नेता कार्यकर्ताहरुले मङगलबार वीरगन्ज स्थित रिजालको निवासमै पुगेर खाँदा ओढाएर फुलमाला र टिका लगाउदै बधाइ दिएर सम्मान गरेका हुन् ।

त्यसअवसरमा नेविसंघ पर्साका पूर्व अध्यक्ष तिवारी रिजालको सफल कार्यकालको शुभकामना पनि दिए ।स्वागत तथा सम्मान कार्यक्रममा युथ काग्रेस नेपालका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ताले पनि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रिजाललाइ जितको बधाई दिदै ५ वर्षे सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा काँग्रेसका युवा नेताहरु सरोज चौरसिया , धर्मराज यादव , नेविसंघका अभय कर्ण,सागर लामा,शेष हजरा,जेपि ठाकुर लगायतको पनि सहभागीता थियो ।

Related posts

वीरगन्ज महानगरको १६ औं नगरसभामा मेयर सिंहले पेश गरेका विधेयक र प्रस्तावहरु सर्वसम्मतले पारित

MadhesKhabar

पर्सागढी नगरपालिकाका लेखाप्रमुख आठ महिना देखि कार्यालयमा नआउदा सेवाग्राहीलाइ सास्ती

MadhesKhabar

खुल्ला स्थानमा शाैच गर्ने प्रवृत्ति निरुत्साहित गर्न महिलाहरुलाई जनचेतनामूलक कार्यक्रम

MadhesKhabar

Leave a Comment