Madhes Khabar
राजनीति

मौन अवधीको पूर्व सन्ध्यामा वीरगन्जमा ओमप्रकाश सर्राफको रोड शो

मधेसखबर
वीरगन्ज, ०१ मंसिर : पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले बिहीबार वीरगन्जमा चुनावी रोड शो गरेका छन् ।

मौन अवधीको पूर्वसन्ध्यामा मतदाताहरुबाट समर्थन लिनका लागि सर्राफले आफना समर्थक र शुभचिन्तकहरुका साथ रोड शो गरेका हुन् ।रोड शो का क्रममा प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले चुनावमा विभिन्न दलका उम्मेदवारले विभिन्न घोषणा दावी गरिरहदा आफु भने यहि समाजका लागि गरेको योगदान नै आफ्नो जित्ने आधार भएको वताएका छन् ।

लौरो चुनाव चिन्ह रहेका उम्मेदवार सरार्फले ९ वटै वडामा रोड सो गर्दै जेत्ने अधारहरू मतदाता सामु प्रस्तुत गरेका हुन् । उनले भनेका छन् ,‘ पहिलो कारण मधेस प्रदेशमा भिजिट मधेसको अभियान चलाउने व्याीक्त म हु , राष्ट्रिय संयोजक रहेर मधेसको पहिचानलाई विश्वसामु पुर्याउने पहल गरेको छु ।

त्यस्तै नारायणी अस्प्ताल विकास तथा सुधारका प्रयासमा आफ्नो अतुल्नीय भुमिका रहदै भन्दै सर्राफले काठमाडौँलाई मात्रै लोडसेडिङ्ग घोषणा गरिरहदाँ वीरगंजलाई समेत लोडसेडिङ्ग मुक्त बनाउन विभिन्न दबाब तथा विरोधका कार्यक्रमहरु गरेको वताएका छन् ।

यसैगरी उनले कारोना महामारीमा निःशुल्क भोजन, अक्सिजनको प्रबन्ध तथा उपचार सेवामा समेत विशेष रुपमा सहजिकरण गरेका कारण पनि आफ्नो उपस्थिति मधेश प्रदेशमा अनिवार्य हुनुपर्ने वताएका छन् ।

उनले भने “यति मात्र नभई सरार्फ मात्र यस्ता व्यक्ति हुन जसले सार्वजनिक सम्पती जस्तै सिर्सिया नदी बचाउका लागी अभियान चलाए, गरिब दिनदुखीका लागी वीरगंज कपडा बैंकको संस्थापक सदस्य रहि सहरि गरिविलाई समेत सहयोग गरे । यस्ता थुप्रै समाजिक कार्यहरुछन् जसले आफुलाई मधेस प्रदेशमा उपस्थितिको बलियो अधार जनाउन्छ ।”

यी सबै कारण पर्सा क्षेत्र नम्बर १ को (ख) का जनता आफुलाई प्रदेशसभा सदस्यमा भारी बहुमतले विजयी बनाउने सर्राफको दाबी छ ।

Related posts

पर्सामा को को ले उम्मेदवारी फिर्ता लिए ? ( नाम र क्षेत्र सहित )

MadhesKhabar

जसपाको समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

MadhesKhabar

सजाय माफीका लागि रेशम चौधरीले पठाएको पत्र राष्ट्रपतिबाट गृहमन्त्रालयमा फिर्ता

MadhesKhabar

Leave a Comment