Madhes Khabar
राजनीति

पर्सा ४ : चुनावको मुखैमा जसपा र एमाले छाडेर दर्जनौ नेता कार्यकर्ता काँग्रेस प्रवेश

मधेसखबर
वीरगन्ज,०१ मंसिर : पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै गएको छ । मंसिर ४ को निर्वाचनको मुखैमा प्रतिनिधीसभा सदस्यका काँग्रेस उम्मेदवार रमेश रिजाल प्रतिको जनलहर बढ्दै गर्दा अन्य दलका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने क्रम झनै बढेको छ ।

बिहीबार पनि त्यस क्षेत्रमा जसपा र एमाले परित्याग गरि दर्जनौ नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । बिहीबार धोबिनी गाँउपालिका वडा नम्बर २ भीखमपुरमा काँग्रेस उम्मेदवार रिजाललाई जिताउन भन्दै एमाले र जसपाका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

एमाले र जसपा पार्टी प्रत्याग गरि जनक पटेल र मनोज राउतको नेतृत्वमा जवाहिर पटेल ,बिगा पटेल,मनोज पटेल ,रोजन चौहान, गणेश पटेल, अमित पटेल ,उमेश पटेल ,भारत राउत,श्रवण चौहान,मुकेश पटेल ,लोटन पटेल ,दिपेन्द्र पटेल ,रन्जित पटेल ,जङ्ग बहादुर राउत ,सुरेन्द्र पटेल ,रामउग्र राम, सुदिश कुर्मी ,हरिलाल पासवान लगायतका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।उनिहरुलाई काँग्रेस उम्मेददवार रिजालले अबीर टिका लगाएर पार्टीमा स्वागत गरे ।

काँग्रेसका बुथ सभापति रामाशीष कुर्मीको अध्यक्षतमा भएको कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी , काँग्रेसका जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा , नेता रामबाबु कुर्मी ,क्षेत्रीय सचीव बलिष्टर अहमद , हिरण पटेल ,राजकिशोर पटेल लगायतको पनि उपस्थिति थियो ।

Related posts

सखुवा प्रसौनी–२ मा एमाले उम्मेदवार रूपेश पाण्डेको घरदैलो, जनसमर्थन बढ्दो

MadhesKhabar

लाेसपाकाे केन्द्रीय कार्यसमितिकाे बैठक सुरु

MadhesKhabar

वीरगन्जबासीको १ सय ३५ करोड रुपैंया लिएर फरार भएका जिबी राईलाई पक्राउ गर्न यादवको माग

MadhesKhabar

Leave a Comment