Madhes Khabar
राजनीति

धोबिनीमा काँग्रेस उम्मेदवार रिजाललाई भव्य स्वागत

मधेसखबर
वीरगन्ज,२४ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ को धोबिनी गाँउपालिकाको विभिन्न वडामा बिहीबार पाँच दलीय सत्तागठबन्धनले चुनावी घरदैलो कार्यक्रम गरेको छ ।प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले बिहीबार बिहान धोबिनी गाँउपालिका वडा नम्बर ५ को धोबिनी र जगरनाथपुरमा चुनावी घरदैलो गर्दै मतदातालाइ भेटेका छन् ।

चुनावी घरदैलोका क्रममा धोबिनी र जगरनाथपुरमा दुवै उम्मेदवारलाई गृहिणी महिला, बृद्धबृद्धा र युवाहरुले ठाँउ ठाँउमा रोकेर फुलमाला र अबिर लगाएर स्वागत गर्दै जितको अग्रिम शुभकामना समेत दिएका थिए । काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजाल , जनताको सुखदुखको साथी बनेर

जनताकै माझमा रहने नेता भएकाले यसपालि रिजाललाई नै आफुहरुले जिताउने मतदाताहरुको भनाइ थियो ।
घरदैलो कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधी वशिष्ठ नारायण िकुर्मी , काँग्रेसका जिल्ला सहसचिव नवीन सिह, क्षेत्रीय सभापति श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, काँग्रेस नेता धर्मेन्द्र पटेल , माओवादी केन्द्रका नेताहरु सन्तोष पटेल ,गया यादव,उमेश पटेल ,मनोज मिया ,सोनालाल कुर्मी ,लक्ष्मी कुर्मी ,अरमान मिया लगायतको पनि सहभागीता थियो ।

Related posts

मधेसमा मुख्यमन्त्री नियुक्ति विवाद :प्रदर्शनकारी र प्रहरीबीच झडप, ५ प्रदर्शनकारीसहित १० जना घाइते

MadhesKhabar

पर्सा २ (क) को प्रदेशसभा सदस्यमा काँग्रेसका पटेलको अग्रता कायमै

MadhesKhabar

ठाकुरराम क्याम्पसकाे छात्रावासमा नेविसंघद्वारा डस्टबिन सहयाेग

MadhesKhabar

Leave a Comment