Madhes Khabar
समाज हेडलाइन

भेडाहा खोलाबाट बालुवा तस्करी गर्ने तीन वटा ट्यक्टर प्रहरीको नियन्त्रणमा

प्रमोद यादव
वीरगन्ज,२३ कार्तिक : पर्साको भेडाहा खोलाबाट बालुवाको तस्करी गर्ने चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।पर्सागढी नगरपालिका र बिरगंज महानगरपालिका अन्तर्गत पर्ने भेडाहा खोलाबाट बुधबार अपरान्ह प्रहरीले तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भेडाहा खोलाबाट गिट्टी बालुवाको चोरी तस्करी र अवैध ओसारपसार भइरहेको भन्ने स्थानीयको सूचनाको अधारमा खटिएको प्रहरी टोलीले बुधबार अपरान्ह तीन वटा ट्याक्टर खोलाबाटै नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी मिलनचोक र सशस्त्र प्रहरी वेस क्याम्प बेलवाबाट एक सय मिटरकै दुरीमा रहेको भेडाहा खोलाबाट ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक किशोर आचार्यको नेतृत्वमा खटिएको प्रहरीले भेडाहा खोलाबाट बालुवा लोडल गर्दै गरेको प्रदेश नंबर २ –०१–००१ त१६३७, ना६ त १७५९ र ना ५ त ६९८८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

तस्कर र ट्याक्टरका चालकहरु भने फरार भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका ट्याक्टरहरु जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

Related posts

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे

MadhesKhabar

आयो अदालतको आदेश : पर्सा–३ मा एमाले उम्मदवार पाण्डेयको उम्मेदवारी कायम

MadhesKhabar

वीरगन्ज महानगरको ल्याबको सेवा विस्तार, दुई वर्षमा २२ हजार बढी बिरामीले लिए सेवा

MadhesKhabar

Leave a Comment