Madhes Khabar
राजनीति

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंह प्रति जनलहर बढ्दै

मधेसखबर
वीरगन्ज, २१ कार्तिक : पर्साको क्षेत्र नम्वर २ (ख) बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहप्रति दिनप्रतिदिन जनलहर बढ्दै गएको छ ।

वीरगन्ज महानगरपालिकाको वडा नम्वर २६ अठराहमा सोमबार भएको घरदैलोमा मतदाताको उपस्थितिले रुपेशमान हिप्रतिको जनलहर बढेको देखाएको हो ।स्वतन्त्र उम्मेद्वार सिंहप्रति मतदाताको भरोसा बढ्नुका साथै सिंहको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने त्यहाँका मतदाताहरु बताउँछन् ।

अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प नभएको बताउँदै मतदाताहरुले सिंहलाई विजयीको आशिर्वाद दिँदै फुल माला लगाइदिएका थिए ।अठराहका मतदाताको घरदैलोमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई लालटेन छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

अहिले दलका नेताहरु विभिन्न प्रलोभन दिँदै गाउँगाउँ आउने हुँदा उनीहरुको चिप्ला कुरामा नफस्न र परिवर्तनका लागि साथ दिन मतदातासँग उनले आग्रह गरे ।घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

Related posts

मधेसका प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक ७ दलद्वारा बहिष्कार

MadhesKhabar

आगामी निर्वाचनमा पनि गठबन्धन गर्ने काँग्रेसको निर्णय

MadhesKhabar

जसपासंग तालमेल गर्दा एमालेलाइ सबै भन्दा बढि फाइदा मधेसमा

MadhesKhabar

Leave a Comment