Madhes Khabar
समाज

बाराको निर्वाचन कार्यालयमा ताल्चा मार्ने वडा अध्यक्ष गुप्ता पक्राउ

मधेसखबर
वीरगन्ज, २० कार्तिक : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

बारा क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा आइतबार तालाबन्दी गरेको आरोपमा प्रहरीले वडा अध्यक्ष गुप्तालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलिले गुप्तालाई निर्वाचन कार्यालयमा तालाबन्दी गरेकै बेला पक्राउ गरेको हो ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गुप्तालाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।

Related posts

वीरगन्जमा गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक सम्पन्न :आदिवासी जनजातीमा सुचिकृत गर्न माग

MadhesKhabar

रेडियो वीरगन्जको वार्षिकोत्सवमा ऐतिहासिक रक्तदान कार्यक्रम: २७ महिलासहित २०८ जनाले गरे रगत दान

MadhesKhabar

भीषण गर्मीबाट राहत दिन वीरगन्जको घण्टाघरमा निःशुल्क चिसो पिउने पानी वितरण

MadhesKhabar

Leave a Comment