Madhes Khabar
राजनीति

मधेसलाई बदनाम गर्ने नेतालाई जनताले जवाफ दिने बेला आएको छ : रामनारायण कुर्मी

मधेसखबर
वीरगन्ज, १७ कार्तिक : पर्साको क्षेत्र नम्बर १ (ख) मा सत्तन गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर ७ मा चुनावी घरदैलो गरेर मतदातासँग भेटघाट गरेका छन् ।

मतदातासंगको भेटघाटका क्रममा काँग्रेस उम्मेदवार कुर्मीले जनताले देखेको सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिलेका आएकाले सहि मुल्यांकन गरेर मत दिन आग्रह गरे ।यसअघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको पनि बताए ।

मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै कुर्मीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।कुर्मीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन , धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ , त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।’

वडाबासीले पनि कुर्मी जस्तै जनप्रिय नेताले जित्नुपर्ने आशयका साथ कुर्मीलाई नै मतदान गर्ने प्रतिक्रिया दिएका थिए । कुर्मीसँगै घरदैलोमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Related posts

काठमाडौंकाे पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा गगन थापा पक्षधरकी उम्मेदवार भूपी विजयी

MadhesKhabar

मधेस प्रदेशकाे मुख्यमन्त्री जितेन्द्र साेनल बन्दै

MadhesKhabar

जसपाका केन्द्रीय सदस्य सिंहसहित २५० नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment