Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा एमालेलाई ठूलो झट्का , ५४२ नेता कार्यकर्ताले छाडे एमाले

मधेसखबर
वीरगन्ज,१२ कार्तिक : पर्सामा नेकपा एमालेका ५ सय ४२ जना नेता कार्यकर्ताले एक साथ पार्टी परित्याग गरेका छन् ।
शनिबार नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य, संविधानसभा सदस्य , प्रदेश कमिटी सदस्य सहित ५ सय ४२ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

एमालेले जसपासंग चुनावी गठबन्धन गरेपछि असन्तुष्ट भएका एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल, मधेस प्रदेश कमिटी सदस्य एंव पर्सा इन्चार्ज बाबुराम कौशीक , संविधान सभा सदस्यद्धय फुलझरी देवी र इस्लाम हवारी सहित ५ सय ४२ जनाले एमाले परित्याग गरेका हुन् ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनिहरुले एमालेको विभिन्न पद र जिम्मेवारीका साथै साधरणसदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताएका छन् । एमालेले जसपासँग गरेको गठबन्धन अपबित्र रहेको भन्दै उनीहरुले पार्टीको निर्णय प्रति असन्तुष्टी जनाउँदै आएका थिए ।

एमाले नेतृत्व कार्यकर्ता , जनभावना र पार्टीको मर्म विपरीत गएर जसपासंग गठबन्धन गरेकाले आफुहरुले सामुहिक रुपमा पार्टी परितयाग गरेको एमालेका पर्सा इन्चार्ज कौशिकले बताए ।अब आफुहरु स्वतन्त्र उममेदवारलाई जिताउन लाग्ने पनि उनले बताए ।
कौशीक ,हालै एमाले परित्याग गरेका पूर्वमन्त्री प्रभु साह निकट मानिन्छन् । उनी प्रभु साहको ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ पर्साका संयोजक छन् ।

Related posts

पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन

MadhesKhabar

पर्सामा कुष्ठरोगका प्रभावितहरु सबैभन्दा बढी वीरगन्ज महानगरमा

MadhesKhabar

वीरगन्जको नारायणी अस्पतालको एनआईसीयु वार्डमा कसरी भयो आगलागी ?

MadhesKhabar

Leave a Comment