Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडीअर्वा छठघाटको सम्पूर्ण तयारी पुरा, सजावटमा १६ लाख खर्च

मधेसखबर
वीरगन्ज, १२ कार्तिक : छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी भएको छ ।
छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हिरालाल साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए ।

उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १६ लाख ४२ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डालमा ७ लाख २५ हजार , परिसर बाहिरको बत्ती सजावटमा १५ हजार , भिडियो ग्राफीमा ४१ हजार , पुरस्कारमा ५ लाख , सरसफाइमा ५१ हजार रुपैया खर्च हुने कानुले जानकारी गराए ।

सुरक्षा उपसमतिका संयोजक गुप्ताका अनुसार , छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय ५० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरमा १४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको गुप्ताले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।

समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु प्रमानन्द साह कानु , रामनगीना साह कानु र बाल्मिकी साह , वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष दिलिप साह कानु , सचिव सन्तोष गुप्ता , कोषाध्यक्ष तिललक साह , सदस्य सोनालाल साह , घडीअर्वा स्पोर्ट क्लबका पूर्व अध्यक्ष सन्तोष कानु , गौरीशंकर गुप्ता लगायतको सहभागीता थियो ।

Related posts

वीरगन्ज सुक्खा बन्दरगाह विस्तार याेजना आठ वर्षदेखि अधुरै

MadhesKhabar

हिन्दु धर्म संरक्षणका लागि वीरगन्जमा युवाहरुले सामुहिक रुपमा गरे हनुमान चालीसाकाे पाठ

MadhesKhabar

वीरगन्जको घडिअर्वामा आजदेखि गणेश चतुर्थी महाेत्सव सुरु

MadhesKhabar

Leave a Comment