Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

घडीअर्वा छठघाटको सम्पूर्ण तयारी पुरा, सजावटमा १६ लाख खर्च

मधेसखबर
वीरगन्ज, १२ कार्तिक : छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी भएको छ ।
छठपूजा व्यवस्थापन समितिले शनिबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हिरालाल साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए ।

उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १६ लाख ४२ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डालमा ७ लाख २५ हजार , परिसर बाहिरको बत्ती सजावटमा १५ हजार , भिडियो ग्राफीमा ४१ हजार , पुरस्कारमा ५ लाख , सरसफाइमा ५१ हजार रुपैया खर्च हुने कानुले जानकारी गराए ।

सुरक्षा उपसमतिका संयोजक गुप्ताका अनुसार , छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय ५० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरमा १४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको गुप्ताले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।

समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु प्रमानन्द साह कानु , रामनगीना साह कानु र बाल्मिकी साह , वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष दिलिप साह कानु , सचिव सन्तोष गुप्ता , कोषाध्यक्ष तिललक साह , सदस्य सोनालाल साह , घडीअर्वा स्पोर्ट क्लबका पूर्व अध्यक्ष सन्तोष कानु , गौरीशंकर गुप्ता लगायतको सहभागीता थियो ।

Related posts

नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

MadhesKhabar

पर्साकाे बडेर्वामा १५० ज्येष्ठ नागरिकलाई कम्बल र चवनप्रास वितरण

MadhesKhabar

वीरगन्ज महानगरले एक वर्षमा उठायो ६१ करोड ४७ लाख राजश्व

MadhesKhabar

Leave a Comment