Madhes Khabar
राजनीति

संसद बिघटन गर्ने र संविधान नमान्ने एमालेलाई जनताले जवाफ दिन्छन् : रमेश रिजाल

मधेसखबर
वीरगन्ज,१२ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले देशको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासंग आग्रह गरेका छन् ।

शनिबार कालीकामाइ गाँउपालिकाको भेडिहारीमा चुनावी घरदैलो गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले मतदाताका पिरमर्का बुझदै गठबन्धनकै सरकारले विकास र समृद्धि ल्याउने भएकाले मंसिर ४ मा गठबन्धनकै उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

मतदातसंग रिजालले भने ,‘ जनताले दूइ तिहाइ मत दिदा पनि एमालेले सरकार चलाउन नसकेर आफनो सरकार आफैले ढाल्यो , संविधान मिचेर दुइ दुइ पटक संसद पनि बिघटन गरयो , यसले एमालेलाई जितायो भने पनि उसले सरकार चलाउन नसक्ने पुष्टि नै भइसकेको छ । त्यसैले मंसिरको ४ को निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धनलाइ मत दिएर जिताउनु पर्ने दायित्व जनताको काँधमा आएको उनले बताए ।

रिजालले भने ,‘ अहिले एमालेले उम्मदवार बनाएकाहरु कुन पृष्टभूमीका छन् ? कति दल चाहार्दै हिडेका छन् ? यो सबैलाइ थाहा छ , त्यसैले सोचेर मत दिनु होला ।

चुनावी घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँद ताराका साथै काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

मन्त्री भएपछि पर्साबासीको शीर ठाडो पार्ने गरी काम गरेको छु :खानेपानीमन्त्री यादव

MadhesKhabar

प्रेस सेन्टर बाराकाे अध्यक्षमा यादव सर्वसम्मत चयन

MadhesKhabar

खानेपानी मन्त्री यादवको प्रमुख राजनीतिक सल्लाहकारमा बाराका गुप्ता नियुक्त

MadhesKhabar

Leave a Comment