Madhes Khabar
समाचार

बारामा मोटरसाइकल बसमा ठोक्किदा एक महिलाको मृत्यु

वीरगन्ज,११ कार्तिक : बाराको पथलैयामा मोटरसाइकल र बस ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा पूर्वबाट हेटौंडा तर्फ जादै गरेको बा.प्र ०३(०४ प ८९७८ नम्बरको मोटरसाइकल त्यही दिशाबाट गइरहेको ना ५ख ५८०५ नम्बरको बससँग ठोक्किदा हेटौंडा उपमहानगरपालिका–१६ हटियाकी ४५ वर्षीया होमाकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा उनका २० वर्षीया छोरा पुजल थापा मगर घाइते भएका छन् ।

दुर्घटनामा परि गम्भीर घाइते होमाकुमारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक पुजलको सिमरा स्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

Related posts

आगामी निर्वाचनमा पनि पर्सा जिल्लामा जसपाले कब्जा जमाउछ : वन मन्त्री प्रदीप यादव

MadhesKhabar

गुणस्तर तथा नापतौल कार्यालय पर्साका पूर्व अधिकृत यादवविरुद्ध भ्रष्टचार मुद्दा दायर

MadhesKhabar

रौतहट : प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्दा भेटियो ब्राउन सुगर

MadhesKhabar

Leave a Comment