Madhes Khabar
राजनीति

मुख्यमन्त्रीको क्षेत्रमा युवा उम्मेदवार सर्राफलाई जिताउन महिलाहरु पनि अगाडि बढे

मधेसखबर
वीरगन्ज,०२ कात्तिक : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार बनेको पर्सा निर्वाचन क्षेत्र नंबर १ को (ख) का उम्मेदवार ओमप्रकाश सर्राफको समर्थनमा त्यस क्षेत्रका मतदाताहरु स्वस्फूर्त रुपमा लागेका छन् ।

लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका सामाजिक अभियन्ता समेत रहेका सर्राफलाई जिताउन मतदाताहरु आफै लागेका हुन् ।बुधबार वीरगन्ज महानगरपालिका वडा नंबर १६ नगवामा पुगेका सर्राफलाई भेट्न स्वस्फूर्त रुपमा भेला भएका महिला मतदाताहरुले उनको पक्षमा आफुहरु रहेको बताए ।

भेटघाटको क्रममा महिला मतदाताहरुले आफुलाई जितको लागि अशिर्वाद दिएको सर्राफले वताए । उनले महिला दिदी, बहिनी, आमाहरुको अशिर्वादले आफ्नो आत्मबाल झन् बढेको वताए ।

सर्राफले भने ,‘ आमा, दिदिबहिनीबाट आशीर्वाद ग्रहण गरियो , निश्चल र पबित्र शक्ति नारी शक्तिको हृदय देखिको आशीर्वादले न्याय, समानता र समृद्धिको लागि भ्रष्टाचार विरुद्धको युद्धमा अवस्य सफलता पाउने छु ।भेटघाटकै क्रममा उम्मेदवार सर्राफले एक वर्ष भित्र त्यस क्षेत्रलाई पुर्ण साक्षर बनाउने संकल्प लिएको वताए ।

Related posts

वीरगन्जमा जनमत पार्टीले मधेस विरोधी भन्दै जलायो बजेट

MadhesKhabar

जय नेपाल फाउन्डेसनको पर्सा संयाेजकमा युवा नेता मनाेहर साह

MadhesKhabar

विकास र समृद्धिका लागि शिक्षामा सुधार गर्नु मेरो मुख्य एजेण्डा हो : प्रदीप यादव

MadhesKhabar

Leave a Comment