Madhes Khabar
राजनीति

मुख्यमन्त्रीको क्षेत्रमा युवा उम्मेदवार सर्राफलाई जिताउन महिलाहरु पनि अगाडि बढे

मधेसखबर
वीरगन्ज,०२ कात्तिक : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार बनेको पर्सा निर्वाचन क्षेत्र नंबर १ को (ख) का उम्मेदवार ओमप्रकाश सर्राफको समर्थनमा त्यस क्षेत्रका मतदाताहरु स्वस्फूर्त रुपमा लागेका छन् ।

लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका सामाजिक अभियन्ता समेत रहेका सर्राफलाई जिताउन मतदाताहरु आफै लागेका हुन् ।बुधबार वीरगन्ज महानगरपालिका वडा नंबर १६ नगवामा पुगेका सर्राफलाई भेट्न स्वस्फूर्त रुपमा भेला भएका महिला मतदाताहरुले उनको पक्षमा आफुहरु रहेको बताए ।

भेटघाटको क्रममा महिला मतदाताहरुले आफुलाई जितको लागि अशिर्वाद दिएको सर्राफले वताए । उनले महिला दिदी, बहिनी, आमाहरुको अशिर्वादले आफ्नो आत्मबाल झन् बढेको वताए ।

सर्राफले भने ,‘ आमा, दिदिबहिनीबाट आशीर्वाद ग्रहण गरियो , निश्चल र पबित्र शक्ति नारी शक्तिको हृदय देखिको आशीर्वादले न्याय, समानता र समृद्धिको लागि भ्रष्टाचार विरुद्धको युद्धमा अवस्य सफलता पाउने छु ।भेटघाटकै क्रममा उम्मेदवार सर्राफले एक वर्ष भित्र त्यस क्षेत्रलाई पुर्ण साक्षर बनाउने संकल्प लिएको वताए ।

Related posts

भारतबाट १ सय बढिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम हटाउन सांसद यादवको माग

MadhesKhabar

लोकतन्त्र ,संविधान र संघीयता रक्षाका लागि काँग्रेसलाई मत दिन चौरसियाको अपिल

MadhesKhabar

स्ववियु निर्वाचन : वीरगन्जका दुवै क्याम्पसमा जित्ने नेविसंघको दाबी

MadhesKhabar

Leave a Comment