Madhes Khabar
राजनीति

शिक्षामा सबैको समान पहुच पुर्याउन प्रतिबद्ध छु: जसपा उम्मेदवार मधु गुप्ता

मधेसखबर
वीरगन्ज ,०१ कार्तिक :पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट उम्मेदवारी दिएकी डा.मधु गुप्ताले देशमा बिभिन्न आन्दोलनबाट प्राप्त भएको बिभिन्न मागलाई अब संस्थागत रुपमा प्रयोग गर्नुपर्ने बेला आएको बताएकी छन् ।

जसपाकी उम्मेदवार गुप्ताले व्यवस्था बदलिएको मुलुकमा अब जनताको अवस्था बदल्नु पर्ने आवश्यकता रहेको भन्दै शिक्षामा सबैको बराबर पहुच पुर्याउनु पर्नेमा जोड दिईन् । उनले भनिन्, जब सम्म हरेम नागरिक शिक्षित हुदैन तब सम्म हाम्राे समाजकाे अवस्था परिवर्तन हुन सक्दैन , त्यसैले पहिलो प्राथमिकता शिक्षालाई दिएर समाजलाई सबल र सक्षम बनाउने मेराे साेच छ ।

मंगलबार चुनावी घरदैलोको क्रममा पोखरिया नगरपालिकाको वडा नम्बर ६ श्रीसियाको बिभिन्न टोलमा पुगेकी डा.गुप्ताले त्यहाको अवस्थालाई स्थलगत रुपमा नियाल्दै विद्यामान समस्यालाई निरिक्योल गर्ने गरी काम गर्नको लागी जनताले आफ्ना मत बाट निर्देशित गर्नुपर्ने बताइन् । डा.गुप्ता कुर्मी जसपा र नेकपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यकी साझा उम्मेदवार हुन् ।

Related posts

सबै भन्दा कान्छा उम्मेदवार अनुज भन्छन् – भ्रष्टचार अन्त्य गर्नु नै मेरो पहिलो प्राथमिकता

MadhesKhabar

कार्की सरकारको जाँचबुझ आयोगले बयानका लागि पूर्वगृहमन्त्री लेखकलाई पठायो पत्र

MadhesKhabar

उपनिर्वाचन :मधेसमा कांग्रेस र जसपा नेपाल बराबर,जनमत पार्टी शुन्य

MadhesKhabar

Leave a Comment