Madhes Khabar
राजनीति हेडलाइन

पर्सा ४ मा रिजालको लहर ,नेकपा एसका नेता सहित ५०० जना काँग्रेसमा प्रवेश

मधेसखबर
वीरगन्ज, ३१ असोज : मंसिर ४ को निर्वाचन नजिकिदै जादा पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रति जनलहर बढ्दै गएको छ ।

पर्सा ४ मा काँग्रेसका प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले चुनावी प्रचारलाइ तिब्रता दिएसंगै यो क्षेत्रमा काँग्रेस प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ ।

यसैक्रममा सोमबार कालिकामाई गाँउपालिका वडा नम्बर २ भेडिहारीमा काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एकिकृत समाजवादीका प्रभावशाली नेता सहित करिब पाँच सय जना काँग्रेसमा प्रवेश गरेका छन् ।

कालिकामाई २ मा स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादीबाट वडा अध्यक्षमा चुनाव लडेका डाक्टर दिलिप कुशवाहाका साथै अन्य पार्टीका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले फुलमाला लगाएर पार्टीमा स्वागत गरे ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार रिजालले काँग्रेस प्रतिको आकर्षण र जनलहर बढ्दै गएको बताए । लोकतन्त्र र संविधानको रक्षा काँग्रेसले नै गर्दै आएको भन्दै उनले मधेसका मुद्धाहरुको सम्बोधनका लागि पनि काँग्रेस नै निरन्तर लागि परेको बताए ।

काँग्रेसका क्षेत्रीय सचिव एंव जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा सत्तागठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदतारा, काँग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ , काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे , जिल्ला कोषाध्यक्ष प्रेम थापा, महाधिवेशन प्रतिनिधीहरु बष्ठिनारायण कुर्मी, जिल्ला सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , जिल्ला सहसचिव नवीन सिंह, युवा नेता राकेश यादव लगायतको पनि सहभागीता रहेको क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

Related posts

प्रचण्डको फोटो जलाउने राप्रपाका युवा नेता निराजन पक्राउ

MadhesKhabar

वीरगन्जकाे गहवामाई रथ यात्रामा उर्लियाे हिन्दु जनसागर

MadhesKhabar

अस्पताल,विद्यालय लगायतमा नियमित विधुत आपुर्ति गर्न उर्जामन्त्रीसंग वीरगन्जका मेयरको आग्रह

MadhesKhabar

Leave a Comment