Madhes Khabar
समाचार

वीरगन्जको छपकैयाबाट तस्करीको ६ लाख मुल्यको औषधी बरामद

मधेसखबर
वीरगन्ज, ३१ असोज : वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा तस्करीको औषधी बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया स्थित ईदगाह चोकबाट प्रहरीले भारतबाट तस्करी गरि ल्याइएको झण्डै ६ लाख रुपैया मुल्य बराबरको औषधी बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ईदगाह चोक स्थित सडकमा वेवारिसे अवस्थामा ५ लाख ८८ हजार रुपैया बराबरको आइभेट जेल क्याप्सुल बरामद गरेको प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

बरामद औषधी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

Related posts

पर्सा–२ मा सुशील कुमार कानुको सक्रिय अभियान

MadhesKhabar

बलिदानी दिवसमा मधेस सरकारले १ हजार दिएपछि शहिदका परिवारले गरे बवाल

MadhesKhabar

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

MadhesKhabar

Leave a Comment