Madhes Khabar
समाचार

जनकपुरमा करेन्ट लागेर दाजुभाइको मृत्यु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज ,१९ असार : जनकपुरमा बुधबार करेन्ट लागेर एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । अन्य एक जना घाइते पनि भएका छन् ।

करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धीका करेन्ट लागेर ६० वर्षीय दिनेश चौधरी र उनका भाइ ५४ वर्षीय रामेश्वर चौधरीकाे मृत्युु भएकाे हाे ।

बुधबार बिहान आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जडान गर्ने क्रममा दिनेशकी पत्नि निर्मला देवीलाई करेन्ट लाग्दा उनलाई बचाउन गएका क्रममा दिनेश र रामेश्वरलाई करेन्ट लागेको थियो ।

दुवैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइएकाे र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएकि निर्मला चौधरीकाे भने उपचार जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

Related posts

पर्सामा विभिन्न पार्टी परित्याग गरि दर्जनौ युवाहरु रास्वपामा प्रवेश

MadhesKhabar

सरकारी योजनाको प्रभावकारी कार्यान्वयनका लागि खानेपानीमन्त्री यादव र वनमन्त्री शाहीबिच सहमति

MadhesKhabar

दुर्गा प्रसाईं भारतमा पक्राउ

MadhesKhabar

Leave a Comment