Madhes Khabar
Uncategorized शिक्षा

परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षा केन्द्र सार्वजनिक


मधेसखबर
आश्विन १७, २०७९ ,वीरगञ्ज :राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । असोज ३० र ३१ गते परीक्षा सञ्चालन हुनेछ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि कार्यालयले परीक्षा केन्द्र तोकेको हो ।

नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।

Related posts

वडाध्यक्ष चतुर्वेदीले सरकारी विद्यालयका बालबालिकालाई बाँडे ट्रयाकसुट र ब्याग

MadhesKhabar

वीरगन्ज पब्लिक कलेजमा दिक्षान्त समारोह सम्पन्न

MadhesKhabar

वीरगन्जका निजी विधालय विरुद्ध अभिभावकको आन्दोलन शुरु , कार्वाहीको माग गर्दै सिडिओ र मेयरलाइ ज्ञापनपत्र

MadhesKhabar

Leave a Comment