Madhes Khabar
मधेस प्रदेश

समानुपातिकमा नपरेपछि काँग्रेसका मधेस प्रचार विभाग प्रमुख गुप्ताले दिए राजीनामा

मधेसखबर
वीरगन्ज,१६ असोज : नेपाली कांग्रेसको मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले राजीनामा दिएका छन् ।काँग्रेसले समानुपातिक उम्मेदवारको सूचीमा आफनो नराखेको भन्दै गुप्ताले राजीनामा दिएका हुन् ।

प्रतिनिधि तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनले गुनासो गरेका छन् । शनिबार निकालेको विज्ञप्तिमा गुप्ताले लेखेका छन् , ‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो , कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था ग¥यो ।’

गुप्ताले विज्ञप्तिमा लेखेका छन् , रौतहट जिल्लामा आयोजना हुने पार्टीको हरेक कार्यक्रम र क्रियाकलापमा सक्रियतासाथ सहभागी भइ उदघोषण देखि लिएर कम्युनिष्ट विरोधि आन्दोलनमा निरन्तर सहभागी भइ रहे , पार्टीको कामकारबाही र आइपरेको जिम्मेवारीबाट कहिल्यै पछाडी रहिन । नेपाल कांग्रेस एक लोकतान्त्रिक पार्टी हो र यसले लोकतन्त्र, राष्ट्रियता र समाजवाद तथा सबै वर्ग, लिङ्ग, जाती समुदायको समान सहभागीता, समुचित प्रतिनिधित्व समानुपातिक समावेशी र अधिकार् सुनिश्चितताका लागी प्रतिवद्ध छ भन्ने जनविश्वास छ । तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस म जस्तो अपांग व्यक्तिका लागी संबेदनसिल नभएको मैले महसुस गरेको छु । कहिल्यै पनि पार्टी आन्दोलन र कार्यक्रम नहिडिका समेत व्यक्तिलाई समानुपातिक सुचिमा राखेको छ । मलाई नेपालको सविधान, प्रचलित निर्वाचन कानूनले दिएको अधिकार सुनिश्चिततामा पार्टी नेतृत्वले हामी अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी भइ हाम्रो मौलिक हक हनन र अपुरिय क्षती हुनाले नेपाली कांग्रेस मधेस प्रदेश सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पदबाट मैले राजिनामा दिने निर्णय गरेको छु ।

अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी गरिएकाले सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पद राजीनामा दिएको उनले घोषणा गरेका छन् ।संविधानले दिएको अधिकारलाई पार्टीले हनन् गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Related posts

मधेसी समाजमा ललित विद्रोहीको विद्रोह

MadhesKhabar

जनमतका सतीश सिंहद्वारा मधेसकाे मुख्यमन्त्रीमा दाबी पेश

MadhesKhabar

बारा ४(क) मा एमालेका चाैधरी विजयी

MadhesKhabar

Leave a Comment