Madhes Khabar
स्थानिय

बारामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

मधेसखबर
वीरगन्ज ,१६ असाेज : आगामी निर्वाचनका लागि बाराको कलैया स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बाराको मुख्य निर्वाचन अधिकृतमा बारा जिल्ला अदालतका न्यायाधीश पुनेश्वरप्रसाद उपाध्याय आउने भएका छन् ।

 

असोज २३ मा उम्मेदवार मनोनयनको समयसीमा तोकिएको छ । असोज १५ देखि २० गतेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित निर्वाचन क्षेत्रगत कार्यालय स्थापना गरिसक्नुपर्ने निर्वाचन आयोगले समयसीमा निर्धारण गरेको छ ।
त्यसैअनुरुप मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले बताए । कार्यालय उद्घाटन समारोहमा सुरक्षा निकायका प्रमुखसहित जिल्ला समन्वय समितिका प्रमुख, दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

अरु बाँकी ३ वटा निर्वाचन क्षेत्रमा अहिलेसम्म कार्यालय स्थापना नभए पनि तोकिएकै समयसीमाभित्र स्थापना गरिने उनले बताए ।साभार:कान्तिपुर

Related posts

मन्त्री यादवको निर्देशनमा पर्साकाे लहावर थकरीमा डीप बोरिङ जडान, ५० परिवार लाभान्वित

MadhesKhabar

ड्राइपोर्ट र आइसिपी बीचको जग्गा अधिग्रहण

MadhesKhabar

पर्साका ३ वटा पालिकामा खटिए नयाँ प्रमुख प्रशासकीय अधिकृत

MadhesKhabar

Leave a Comment