Madhes Khabar
अर्थतन्‍त्र

पोखरियामा कृषि विकास बैंकको एटिएम सेवा शुरु

मधेसखबर
वीरगन्ज,०५ असोज : पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियाबजारमा कृषि विकास बैंकले एटिएम सेवा सन्चालनमा ल्याएको छ ।

पोखरिया बजाार स्थित कृषि सेवा केन्द्रको भवन अगाडी कृषि बिकास बैँकले आफनो बैँकको एटिएम मेसिन जडान गरि सन्चालनमा ल्याएको हो । बुधबार उक्त एटिएम सेवाको पोखरिया नगरपालीकाका मेयर प्रधुमन प्रसाद चौहानले समुद्घाटन गरेका हुन् ।

कृषि विकास बैंकको मधेस प्रदेश निर्देशक नारायण प्रसाद आचार्यको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा बैँकको शाखा कार्यलय पोखरियाका प्रमुख अनिल कुशवाहा , पोखरिया नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु , ईलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरिक्षक आयुष जोसी लगायतको सहभागिता रहेको थियो ।

Related posts

बनगस्ती टोलीद्वारा अबैध काठ र साईकल बरामद

MadhesKhabar

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

बाराको म्यागनस फर्माले थप्यो लगानी,नेजल ड्रपको नेपालमै पहिलोपल्ट उत्पादन शुरु

MadhesKhabar

Leave a Comment