Madhes Khabar
समाज

कलैया अस्पतालमा तरुण दलद्वारा बिरामीहरुलाई फलफूल वितरण

मधेसखबर
वीरगन्ज ,२४ भदाैं : बाराकाे कलैया स्थित प्रादेशीक अस्पतालमा रहेका बिरामीहरूलाई नेपाल तरुण दलले शुक्रबार फलफुल वितरण गरेकाे छ ।

नेपालका पहिलाे जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद काेइरालाकाे १०९ औँ जन्म जयन्तीको अवसरमा नेपाल तरुण दल बाराले अस्पतालका ८५ जना विरामीहरूलाई फलफूल वितरण गरेकाे हाे ।

नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलकाे अध्यक्षता एंव पूर्व मन्त्री कलावती पासवानकाे प्रमुख आतिथ्यता र बारा क्षेत्र नम्बर ४ (ख) का नेपाली काँग्रेसका सभापति लोकेश सिंहकाे विशिष्ट आतिथ्यतामा आयाेजित फलफुल वितरण कार्यक्रममा काँग्रेस र तरुण दलका नेता कार्यकर्ताका साथै अस्पतालका डाक्टर मनाेज साह लगायतको सहभागिता रहेकाे थियाे ।

Related posts

रामवनमा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

MadhesKhabar

अलौकाे यज्ञमा दलितलाई बस्न नदिने घटना प्रति दलित पत्रकार संघ पर्साको आपत्ती

MadhesKhabar

गरिब र असहायरुलाई बाँडन इनर व्हील क्लब अफ वीरगन्जले दियो १५ पोका कपडा

MadhesKhabar

Leave a Comment