Madhes Khabar
प्रवास

तिज सकिएकाे एक साता पछि नेपाली दूतावास जापानद्वारा प्रधानमन्त्री पत्नी आरजुका लागि दर खाने कार्यक्रम

मधेसखबर
प्रवास,२१ भदाैं : ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भने झैं जापानको टोक्यो स्थित नेपाली दुतावासले तिजको नाममा अनौठो अभ्यासको सुरूवात गरेको छ। नेपाली महिलाहरूको चाड तीज सकिएको एक हप्तापछी दुतावासले दर खुवाउने कार्यक्रम गरेपछि जापानबासी नेपालीहरु समेत अचम्मित भएका हुन्।

उपचारका लागि जापान पुगेकी प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणालाई प्रमुख अतिथी बनाएर आइतबार आयोजना गरिएको कार्यक्रममा टोक्योबासी नेपाली चेलीहरूले पनि सहभागीता जनाए।

नेपाली चेलीहरूलाई दर खुवाउने नाममा डा.आरजु राणालाई खुसी पार्न एक सातापछि तीज कार्यक्रम आयोजना गरेको देखिन्छ, नाम उल्लेख नगर्ने सर्तमा एक पुराना एनआरएनए अभियन्ताले भने, ‘यो सरासर राज्यको सम्पत्तीको दोहन हो। यसलाई रोक्नुपर्छ।’

प्रधानमन्त्री पत्नी आरजु स्वयम्ले पनि आफ्नो प्रमुख आतिथ्यमा राजदुत डा.दुर्गा सुवेदी दम्पत्तिले तीज कार्यक्रम आयोजना गरेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छिन्।साभाार:नागरिक दैनिक

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment