Madhes Khabar
समाचार

वीरगन्जबाट चाेरी भएकाे बस भिस्वामा फेला पर्याे

फाेटाे : राष्ट्र सन्देशबाट
मधेसखबर   वीरगन्ज,२० भदौं : वीरगन्जको बसपार्क नजिकबाट चोरी भएको भनिएकाे यात्रुवाहक बस भेटिएको छ ।

बसपार्क नजिक भिस्वा चोक छेउमा पार्किङ गरेर राखेको साैदागर कम्पनीको ना ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको भन्दै बसधनी लक्ष्मीनारायण राैनियारले प्रहरी कार्यालयमा साेमबार उजुरी दिएका थिए ।

उक्त बस पर्साको छीपहरमाई गाउँपालिका वडा नंवर ५ भिस्मा साेमबारवा भेटिएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

आइतबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो ।निवेदन परेको २४ घण्टा भित्रै प्रहरीले बस फेला पारेकाे बस्नेतले बताए । बससंगै प्रहरीले बसको सहचालकलाई पनि नियन्त्रण लिएको र यश बारे थप अनुसन्धान गरिरहेकाे बस्नेतले बताए ।

Related posts

संघीय मामिलामन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान

MadhesKhabar

बिहारको घोडासहनका शेख ५० किलो अवैध चाँदीसहित ललितपुरबाट पक्राउ

MadhesKhabar

रौतहटको सबगढा हिंसामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक शेख पक्राउ

MadhesKhabar

Leave a Comment