Madhes Khabar
समाचार

वीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश (फोटो फिचर सहित)

मधेसखबर
वीरगन्ज,११ जेठ
:सत्तारुढ गठबन्धनले वीरगन्ज महानगरममा बुधबार संयुक्त विजय जुलुश निकालेको छ ।
वीरगन्ज महानगरको मेयर र उपमेयर जितेको खुशीयालीमा गठबन्धनले बुधबार संयुक्त विजय जुलुश निकालेको हो ।
महानगरको मेयरमा गठबन्धनबाट जसपाका राजेशमान सिंह र उपमेयरमा काँग्रेसका इम्तियाज आलम विजयी भएका छन् ।
बुधबार मध्यान्ह आदर्शनगर रंगशालाबाट शुरु भएको संयुक्त विजय जुलुशले महानगरका वडाहरुको परिक्रमा गरिरहेको छ ।
संयुक्त विजय जुलुशमा नवनिर्वाचित मेयर सिंह , उपमेयर आलम , मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , सांसद प्रदीप यादव , काँग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीका साथै जसपा र काँग्रेसका नेता कार्यकर्ता र समर्थकहरु सहभागी छन्् ।
आदर्शनगरबाट शुरु भएको गठबन्धनको विजय जुलुश घडिअर्वा , घन्टाघर, घन्टाघर ,मुर्ली चोक , पावरहाउस चोक गण्डक चोक हुदै परवानिपुर पुगेको छ ।
परवानीपुरबाट जितपुर हुदै वीरगन्ज महानगरको टेढा, सोलाखपुर,मिलनचोक, कट्गेनवा, बेलवाचोकबाट लालपर्सा,जगरनाथपुर, भवानीपुर, मनियारी आएर त्यहाबाट प्रसौनिबिर्ता,सबैठ्वा, रामगढवा ,सिर्सिया, खल्वाटोला, इनरवा पनि पुग्ने छ । त्यहाबाट विजय जुलुश नगवा, भेडियाही हुदै लक्षमणवाम चोेकमा पुगेर समापन हुने जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

Related posts

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

दिल्ली स्थित नेपाली राजदूतावासमा शेख मुन्ना सम्मानीत

MadhesKhabar

वीरगन्जमा भारतीय ईलेक्ट्रिक स्कुटरको प्रयोगमा कडाई, एकैदिन २२ वटा ईलेक्ट्रिक स्कुटर जफत

MadhesKhabar

Leave a Comment