Madhes Khabar
राजनीति

जसपाबाट प्रदेश सांसदमा सोनी , साह र खातुनको नाम सिफारिस

मधेसखबर
वीरगन्ज ,१६ भदौं : आगामी मंसिर ४ मा हुने प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टीको पर्सा क्षेत्र नम्बर ३ को प्रदेश सभा समन्वय समिति क्षेत्र नम्बर ३ (ख) ले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ३ (ख) का क्षेत्रीय अध्यक्ष पवन कुमार सिंहको अध्यक्षतामा बिहिवार बसेको बैठकले प्रत्यक्ष तर्फ शीवजी सोनी सहित २ जना र समानुपातिक तर्फ सल्मा खातुन सहित ४ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् सदस्य शीवजी सोनी र जसपा मधेश प्रदेश समितिका सदस्य गौरीशंकर साहको नाम उम्मेदवारका लागि सिफारिस गरिएको हो ।

त्यस्तै समानुपातिक तर्फ पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सल्मा खातुनको नाम पनि सिफारिस गरिएको छ ।

खातुनसँगै मुख्तार मियाँ धोबी, मिरा ठाकुर र अल्ताफ आलमको नाम पनि सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष पवन कुमार सिंहले जानकारी दिए ।

Related posts

सीके राउतकाे पार्टीका सांसद खानलाई निलम्बन गर्न माग

MadhesKhabar

जसपाको केन्द्रिय बैठक वीरगन्जमा

MadhesKhabar

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

MadhesKhabar

Leave a Comment