Madhes Khabar
राजनीति

पर्साका काँग्रेस प्रदेश सांसद तेली भन्छन् : मेरो चरित्र हत्या गर्नेलाइ पार्टीले कारबाही गरोस्

मधेसखबर
वीरगन्ज , ११ भदौं : पर्सा क्षेत्र नम्बर २ को क प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले आफनो राजनीतिक चरित्र हत्या गर्ने नियतले आफना विरुद्ध सामाजिक सन्जालमा भ्रमपूर्ण हल्ला फिजाइएको बताएका छन् ।

नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित तेलीले पार्टी भित्रकै केहि नेता विशेषको निर्देशनमा अअराजक तत्वहरुले आफु विरुद्ध निराधार हल्ला फैलाउने दुष्प्रयास गरेकाले त्यसको भ्रममा ननपर्न आग्रह समेत समेत रहेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले आफुलाइ कारबाही गरेको भनेर केहि नेता विशेषको निर्देशनमा अराजक तत्वले फेसबुक मार्फत भ्रम फिजाएको भन्दै तेलीले यो कुरा भ्रामक र झुठा रहेको बताएका छन् ।
आफुलाइ पार्टीले कुनै कारबाही नगरेको भन्दै तेलीले फेसबुकमा फिजाइएको हल्ला बारे जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र अनुशासन समितिका संयोजक रमेश पाण्डे दुवै नेतालाइ फोनबाट सम्पर्क गरेर सोध्दा पनि यस बारे दुवै जना अनविज्ञ रहेको पाइएको बताएका छन् ।

जिल्लाकै एक नेताले आफु प्रति पूर्वाग्रह राखेर आफना आसेपासे मार्फत भ्रामक हल्ला फिजाएर आफनो राजनीतिक चरित्र हत्या गर्न खोजेको तेलीको भनाइ छ ।पार्टीले कारवाही गरेको विषयमा आफुलाइ कुनै लिखित वा मौखीक जानकारी समेत नआएको बताउदैै तेलीले यस्ता भ्रामक गतिविधीले पार्टीलाइ समेत कमजोर बनाउने उल्लेख गरेका छन् ।

त्यसैले यस्ता भ्रामक र अराजक गतिविधीमा संलग्न नेता र कार्यकर्तालाइ कारबाही गर्न पनि उनले पार्टीको जिल्ला नेतृत्वसंग आग्रह गरेका छन् । आफनो निर्वाचन क्षेत्रका नेता कार्यकर्ता र जनताको समर्थन आफु प्रति रहेको कुरा दुइ दिन अघि मात्र भएको भेलाले पुष्टि गरिसकेको भन्दै तेलीले आफना बारेमा भ्रामक प्रचार नगर्न सम्बन्धित पक्षलाइ चेतावनी पनि दिएका छन् ।

 

Related posts

मधेस सरकारले गरेको भ्रष्टचार विरुद्ध मेरो उम्मेदवारी हो : ओमप्रकाश सर्राफ

MadhesKhabar

पर्सागढी–५ पचरुखी बहुअरवामा कांग्रेस उम्मेदवार चौरसियाको भव्य स्वागत

MadhesKhabar

उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिस

MadhesKhabar

Leave a Comment