Madhes Khabar
राजनीति

पर्सागढी–५ पचरुखी बहुअरवामा कांग्रेस उम्मेदवार चौरसियाको भव्य स्वागत

वीरगन्ज,२५माघःपर्सा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी बहुअरवामा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियालाई स्थानीय नेताकार्यकर्ताले भब्य स्वागत गरेका छन् ।

आइतबार बिहान आयोजित कांग्रेसको वडास्तरीय भेलामा पुगेका बेला पूर्वमन्त्री चौरुसियालाई त्यहाँका नेताकार्यकर्ताले स्वागत गरेका हुन् । स्वस्फूर्त रुपमा कार्यक्रममा सहभागी भएका जेनजी युवा र महिलाहरुले पनि चौरसियालाई अबीर टीका लगाउँदै गम्छा ओढाएर सम्मानसमेत गरे।

उक्त भेलामा चौरसियाले स्थानीयको समस्या, आवश्यकता र अपेक्षाहरु ध्यानपूर्वक सुन्दै विकास र समावेशी प्रतिनिधित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।उनले अहिले देश नै संकटमा रहेको अवस्थामा जनताले देश जलाउनेहरुलाई चिन्नुपर्ने बेला आएको बताए । उत्तेजना र अराजकताको राजनीति गर्नेहरुले अहिले भाट हत्याउनका लागि स्टण्टबाजी गरिरहेको भन्दै चौरसियाले देश स्टण्टबाजी गरेर चल्न नसक्ने बताए ।

जनता र लोकतन्त्रको हिमायती कांग्रेस पार्टीको इतिहास र विचारले नै अहिलेको संकटबाट देशलाई निकास दिन सक्ने भन्दै उनले कांग्रेसलाई जिताउनु अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह,पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव लगायतकाको पनि सहभागिता थियो ।

Related posts

अबको युग दलित, मुश्लिम र आदिवासीको हुनेछ : पूर्ब मुख्यमन्त्री राउत

MadhesKhabar

मुख्यमन्त्री यादवले भने : गगनलाई प्रधानमन्त्री बनाउन पर्सा–२ बाट अजय चौरसियालाई जिताउनुपर्छ

MadhesKhabar

गाैर हत्याकाण्डका दाेषीहरुलाई कारबाहीको माग गर्दै पर्सामा पनि बुझाइयाे ज्ञापनपत्र

MadhesKhabar

Leave a Comment