Madhes Khabar
राजनीति

वीरगन्जमा आज दलहरुले मशाल जुलुश निकाल्दै

वीरगन्ज,२९कात्तिकःमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनरत दलहरुले आज (शनिबार) वीरगन्जमापनि मशाल जुलुश प्रर्दशन गर्दैछन् ।

लोसपा, जसपा नेपाल, जनमत पार्टी, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय मुक्ति पार्टीले वीरगन्जमा आज साँझ मशाल जुलुश प्रदर्शन गर्न लागेका हुन् । वीरगन्जको घण्टाघर चोकमा आज साँझ ४ बजे मशाल जुलुश निकालिने जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

गैर संवैधानिक तरिकाले नियुक्त भई रेस्टुरेन्टमा शपथ ग्रहण गराइएका मुख्यमन्त्री यादवलाई बर्खास्त गरि संविधान, संघीयता र संघीय लोकतान्त्रीक गणतन्त्र संरक्षणका लागि दलहरु आन्दोलनरत रहेको र यसमा साथ दिन मधेसका जनतालाई आन्दोलनरत दलहरुले अपिल गरेका छन् ।

Related posts

एमालेले प्रस्ताव गरेको राष्ट्रपति उम्मेदवारलाई हराएरै छाड्छौ : गगन थापा

MadhesKhabar

कीर्तिपुर नगरपालिकाकाे मेयरमा कांग्रेसका डंगाेल विजयी

MadhesKhabar

वीरगन्ज जसपाको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना, वनमन्त्री यादवद्वारा उद्घाटन

MadhesKhabar

Leave a Comment