Madhes Khabar
राजनीति

वीरगन्जमा आज दलहरुले मशाल जुलुश निकाल्दै

वीरगन्ज,२९कात्तिकःमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनरत दलहरुले आज (शनिबार) वीरगन्जमापनि मशाल जुलुश प्रर्दशन गर्दैछन् ।

लोसपा, जसपा नेपाल, जनमत पार्टी, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय मुक्ति पार्टीले वीरगन्जमा आज साँझ मशाल जुलुश प्रदर्शन गर्न लागेका हुन् । वीरगन्जको घण्टाघर चोकमा आज साँझ ४ बजे मशाल जुलुश निकालिने जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

गैर संवैधानिक तरिकाले नियुक्त भई रेस्टुरेन्टमा शपथ ग्रहण गराइएका मुख्यमन्त्री यादवलाई बर्खास्त गरि संविधान, संघीयता र संघीय लोकतान्त्रीक गणतन्त्र संरक्षणका लागि दलहरु आन्दोलनरत रहेको र यसमा साथ दिन मधेसका जनतालाई आन्दोलनरत दलहरुले अपिल गरेका छन् ।

Related posts

जनमत पार्टीको प्राथमिकतामा मधेसको मुख्यमन्त्री

MadhesKhabar

दुइ मन्त्री सहित सरकारमा जाने लोसपाको तयारी

MadhesKhabar

पर्सा–१ मा जनमत पार्टीको चुनावी गतिविधी तिब्र,सर्राफले सुरु गरे मतदाता भेटघाट

MadhesKhabar

Leave a Comment