Madhes Khabar
राजनीति

माओवादी गर्जियो भने नेपाल कब्जा हुन्छ : प्रचण्ड

काठमाडौं,२३बैशाख : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् ।

पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताए ।

‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने, ‘खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताए ।

‘अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्डले भने ।

यसबीचमा सरकारमाथि घेराबन्दी र दबाव आउन सक्ने भन्दै उनले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताए ।

‘त्यसपछि पक्कै पनि ठुल्ठुला घेराबन्दी होलान्, ठुल्ठूला दबावहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुन सक्छन् यो बीचमा’ उनले भने, ‘तर उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि समुदाय साथमा भयो भने जतिसुिुकै ठूलो घेराबन्दी र दबाव र धम्कीको सामना गरिनेछ ।’

यसवर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले दलितहरुका लागि विशेष घोषणा गर्ने प्रचण्डले आश्वासन दिए ।साभार : अनलाइनखबर

Related posts

संविधान संसोधनका लागि पनि उपेन्द्र यादवको जित आवश्यक छ : जितेन्द्र सोनल

MadhesKhabar

बालेनको सरकारमा को- को बन्दै छन् मन्त्री ? मधेसबाट काे काे परे ?

MadhesKhabar

वीरगन्जमा राजावादीलाई खबरदारी गर्दै एमालेद्वारा गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

MadhesKhabar

Leave a Comment