Madhes Khabar
स्वास्थ्य

जगरनाथपुरको बिसुनपुर्वामा आयोजित निशुल्क शीवीरमा १३९ जनाको आँखा परिक्षण

मधेसखबर
वीरगन्ज, ११ भदौं : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ बिसुनपुर्वामा आइतबार निशुल्क आँखा परिक्षण शीवीर सम्पन्न भएको छ ।

दाइजो एंव सामाजिक कुरिती विरुद्ध जागरण मंच र वीरगन्ज कपडा बैंकले संयुक्त रुपमा आयोजना गरेको आँखा परिक्षण शीवीरमा १३९ जनाको आँखा परिक्षण गरिएकाो थियो । जस मध्ये ३३ जनाको आँखामा मोतिया विन्दुको समस्या फेला परेको र उनिहरुको आगामी बुधबार वीरगन्जको आँखा अस्पतालमा शल्यकृया गरिने वीरगन्ज कपडा बैंकका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले जानकारी दिए ।

आँखा शीवीरमा दृष्टि आँखा अस्पताल एंव रेटिना सेन्टरका डाक्टर संगीता मण्डल नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा परिक्षण गरेको थियो ।

आँखा शीवीरमा प्रहरी चौकी पिपरडाढीका प्रहरी सहायक निरिक्षक शिवमंगल यादव,दृष्टि आँखा अस्पतालका डाक्टर संगीता मण्डल, निर्देशक संजय चौधरी,प्रधुमन चाधरी,समाजसेवी इशा राउत गदी,समाजसेवी सहरुम राउत गदी,सुखल राम लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

नेपालमा कोरोनाले थप दुइ जनाको मृत्यु

MadhesKhabar

नारायणी अस्पतालबाट १५ सय एचआईभी संक्रमितले निःशुुल्क उपचार सेवा लिदैं

MadhesKhabar

स्वास्थ्यमन्त्री यादवले सर्वाजनिक गरे ‘फिस्टुला निवारणका लागि मार्गचित्र’

MadhesKhabar

Leave a Comment