Madhes Khabar
राष्ट्रिय

अरुण तेस्रो जलविधुत परियोजनाले देशलाइ समृद्ध बनाउन मदत पुग्नेछ : मन्त्री यादव

मधेसखबर
वीरगन्ज, ०७ भदौं : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकतामा रहेको निर्माणाधीन अरुण तेस्रो जलविधुत परियोजना निर्माण सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन् ।

 

संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविधुत परियोजनाको मङगलबार स्थलगत निरिक्षण गर्ने क्रममा ममन्त्री यादवले यो जलविधुत परियोजना निर्माणले देशलाई समृद्ध बनाउन महत्वपूण भूमिका निर्वाह गर्ने बताए ।

 

मन्त्री यादवले निर्माणाधिन परियोजना छिटटै निर्माण सम्पन्न गराउनका लागि आफु सहित सिङ्गो वन मन्त्रालय लागि परेको पनि बताए । वन तथा वातावरण मन्त्रालयमा उक्त परियोजनाको बिचाराधिन फाइलका कारण काममा केही समस्या भएको गुनासो प्रति आफु गम्भीर रहेको उनले बतााए । ती फाइलहरुको आवश्यक अध्ययन पश्चात अनुमती दिईने प्रतिबद्धता पनि उनले जनाए । मन्त्री यादवले परियोजनाको सफलताले नेपाल र भारतको सम्बन्ध थप प्रगाढ हुनुका साथै देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पुग्ने बताए ।

 

स्थलगत निरिक्षाणका क्रममा मन्त्री यादवसँगै मन्त्रलायका सचिव डाक्टर पे्रमनारायण कँडेल सहितको विज्ञ टोलीले उक्त परियोजनाको हालसम्म भएका काम कारवाहीका बारेमा जानकारी लिएको थियो ।

Related posts

तत्काल पानी पर्ने सम्भावना छैन : माैसमविद्

MadhesKhabar

सरकारबाट बाहिरिने मुडमा सिके राउत

MadhesKhabar

अफताब आलमलाइ थुनामुक्त नगर्न सर्वोच्चको आदेश

MadhesKhabar

Leave a Comment