Madhes Khabar
समाचार

लखनउबाट ७ नेपाली सहित ११ जना बालकको उद्दार

मधेसखबर
वीरगन्ज, ०७ भदौ : भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरिएको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ ।

बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको हो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि (एएचटीयू)को नियन्त्रणमा छन् ।

दिल्लीमा बालश्रमका लागि लैजाँदै गरिएका ११ जना बालकको उद्दार गर्न सफल भएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू) रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए ।

‘ पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर १० देखि १२ वर्ष उमेरका बालकको उद्दार गर्न सफल भएका छौं ,दिल्लीमा निकृष्ट बालश्रममा लगाउन उनीहरुलाई लगिदै थियो,’ उनले भने, ‘ खेल्ने, कुदने, पढ्ने उमेरका यस्ता बालकहरुलाई दिल्ली लगेर १६ घण्टासम्म फ्याक्ट्रीमा काममा लगाइन्छ , जबकी उद्दार गरिएका बालकलाई कहाँ र किन लैजाँदै गरेको भन्ने पनि थाहा थिएन ।’

देशको राजधानी सहर दिल्ली बाल मजदूरीको सबैभन्दा ठूलो गढ बनेको र देशका विभिन्न भागबाट बाल मजदूर लैजाने गरिएको उनको भनाइ छ ।

उद्दार गरिएका ११ जना बालकलाई चाइल्ड लाइन केयर लखनऊमा राखिएको छ भने ६ जना मानव तस्करलाई कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको एएचटीयु रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक शर्माले जानकारी दिए ।

उद्दार कार्यमा एएचटीयु लखनऊका इन्सपेक्टर अजय प्रकाश मिश्रा, चाइल्ड लाइन केयरका संगीता शर्मा लगायत संलग्न भएका थिए । साभार : अनलाइनखबर

Related posts

भूमि आयोग खारेज गर्ने सुशीला कार्की नेतृत्वको सरकारको निर्णय सर्वोच्च अदालतले गर्‍यो बदर

MadhesKhabar

खानेपानी संस्थान सञ्चालक समितिकाे सदस्यमा वीरगन्जका मेयर सिंह नियुक्त

MadhesKhabar

४७ किलो चाँदीका गहनासहित पर्सा र बाराका तीन जना काठमाडौंमा पक्राउ

MadhesKhabar

Leave a Comment