Madhes Khabar
मधेस प्रदेश

बारामा करेन्ट लागेर किसानको मृत्यु

मधेसखबर

वीरगन्ज,२८ साउन : बारामा  धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिका –२ इनर्वा टोलका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको हो । सोही  ठाउँका चनरदेव भगतको धान खेतमा सिंचाई गर्दैगर्दा मोटरमा तार जोड्ने क्रममा शनिबार बिहान सवा ७ बजे करेन्ट लागेर  यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृतक सुरेन्द्रको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा ल्याइएको छ । आइतबार शवको परीक्षण पछि मृत्युको बाँकी विवरण खुल्ने र मुचुल्काबाट आएका रिर्पोटको आधारमा प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Related posts

मधेस प्रदेशका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन युवक घाइते

MadhesKhabar

पूर्वसांसद अफताबको मुद्दामा आज पेशी, अन्तिम फैसला आउने सम्भावना

MadhesKhabar

धनुषा ४ मा एमालेका महासेठ १२४ मतान्तरले विजयी

MadhesKhabar

Leave a Comment