Madhes Khabar
मधेस प्रदेश समाचार

मौलिक अधिकार माग गर्दै सुकुम्बासी बालबालिका सडकमा


मधेसखबर
वीरगञ्ज,साउन २२ गते । जनकपुरधाममा सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका छन् ।

उनीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने लगायत पाँच बुँदे माग राख्दै जनकपुरधाममा विगत १९ दिनदेखी रिले अनसन गर्दै आएका छन् ।

आन्दोलनमा सहभागी सुकुम्बासी मध्येकी पुनम साहले बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी लगायतका अधिकार प्रति मधेश प्रदेश सरकार गम्भीर नभएको गुनासो गर्दै आफ्ना बालबालिकालाई सडकमा उतार्नुपरेको बताइन् ।

 

Related posts

मधेस सरकारकाे स्वभिमान दिवस कार्यक्रममै जनमत पार्टीले गर्याे नाराबाजी

MadhesKhabar

पर्सामा स्वतन्त्रको पहिलो जित , प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

MadhesKhabar

महाेत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

MadhesKhabar

Leave a Comment