Madhes Khabar
पर्यटन

नेपाललाइ विश्वमा चिनाउन मुन्नाको वीरगन्ज–दिल्ली पैदल यात्रा शुरु

मधेसखबर
वीरगन्ज,२१साउन : नेपाललाइ विश्वमा चिनाउन भन्दै वीरगन्जका एक युवाले वीरगन्ज देखि भारतको राजधानी दिल्ली सम्म पैदल यात्रा शुरु गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्नाले यसअघि घोषणा गरे अनुरुप शनिबारदेखि वीरगन्जबाट दिल्ली सम्मको १०६० किलोमिटरको पैदल यात्रा शुरु गरेका हुन् ।

उनी शनिबार बिहान वीरगन्जबाट दिल्लीका लागि पैदल प्रस्थान गरेको लोसपाका वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी दिए ।शनिबार बिहान वीरगन्जको घण्टाघर चोकमा मुन्नालाइ वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम र मितेरी पुलमा लोसपाका महानगर अध्यक्ष सर्राफले विदाइ गरेका हुन् ।

नेपाल र भारतको झण्डा सहित नेपाली राष्ट्रिय पोशाकमा दिल्ली प्रस्थान गरेका मुन्नालाइ विदाइ गर्ने क्रममा सामाजिक अभियन्ता प्रकाश थारु लगायतको पनि उपस्थिती रहेको थियो ।नेपाललाई विश्व ब्यापापी रुपमा चिनाउने ,पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल –भारतको रोटी– बेटि एवं जन जनको सम्बन्धलाई अझै बलियो बनाउने उदेश्यका साथ यो पैदल यात्रा थालेको मुन्नाले बताए ।

 

वीरगन्जबाट शनिबार देखि थालिएको पैदल यात्र बिहारको रक्सौल , नरकटियागन्ज, रामनगर, बगाहा हुदै उत्तरप्रदेश पुगेर त्यहाँबाट गाजियावाद , बुलेन्दसहर हुदै दिल्ली पुगेर सकिने उनको भनाइ छ ।

Related posts

प्रचार प्रसारको कमीले पर्सा राष्ट्रिय निकुञ्ज ओझेलमा

MadhesKhabar

ठोरीमा १२ बर्षदेखि अलपत्र भ्यू–टावर निर्माणको काम पुन सुरु

MadhesKhabar

वस्ती खालि भए मात्र निजगढ विमानस्थलका लागि रुख काट्ने अनुमति दिन्छौ : वन मन्त्री यादव

MadhesKhabar

Leave a Comment