Madhes Khabar
पर्यटन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न विज्ञ टोली गठन

मधेसखबर
वीरगन्ज, २० साउन : बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र बहादुर देउजाको अध्यक्षतामा १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो ।

सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेश आएको एक महिना पछि सरकारले विज्ञ टोली गठन गरेर अन्तर्राष्टिय विमानस्थल निमार्ण प्रक्रियामा जानकारी लिन खोजेको हो । देउजा नेतृत्वको विज्ञ टोलीमा पूर्व अर्थसचिव रामेश्वर खनाल र पूर्वाधारविद् सूर्यराज आचार्य पनि छन्  ।

सर्वोच्च अदालतकै आदेशअनुसार मन्त्रिपरिषद्बाट विज्ञ टोली गठन गरिएको नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराज श्रेष्ठले बताए । उनका अनुसार समितिलाई निजगढ बिमानस्थलको स्थलगत अध्ययन समेत गरेर आफनो प्रतिवेदन पेस गर्नका लागि एक महिनाको समय दिइएको छ ।

Related posts

वीरगन्जमा बन्न लागेको चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्यो

MadhesKhabar

आन्तरिक पर्यटन प्रबर्धन अभियानमा लागेका ‘बुलेट राइडर’ युवाहरुले गरे ठोरीको भ्रमण

MadhesKhabar

Leave a Comment