Madhes Khabar
समाचार

प्रतिबन्धित लागूऔषध सहित दुईजना पक्राउ

मधेसखबर
वीरगञ्ज साउन १९ : प्रतिबन्धीत लागूऔषध सहित सर्लाहीबाट दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ का ४२ वर्षीय रत्न मोक्तान र सोही स्थानका २८ वर्षीय दिपक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंजको बिशेष सुचनाको आधारमा सर्लाहीको हरिवनको वडा नम्बर ४ गणेशचौक स्थित पुर्व पश्चिम लोकमार्गमा खटेको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र २–०२–००४ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइलेक्स डिसी १०० एमएलको १ सय बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागु औषध सहित पक्राउ परेका दुवै जनालाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।

Related posts

पर्सामा ३ बिघामा लगाइएको अवैध गाँजा फडानी, ४८ हजार बोट नष्ट

MadhesKhabar

सट्टेबाजी अड्डामा प्रहरीको छापा, पाँच भारतीयसहित १७ जना पक्राउ

MadhesKhabar

किसानको हकहितका लागि जनमत पार्टी दृढ—उम्मेदवार सरार्फ

MadhesKhabar

Leave a Comment