
मधेसखबर
वीरगन्ज, १८ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा करोडौंको भ्रष्टाचार भएको ठहर गरेसंगै मुख्यमन्त्री लालबाबु राउतको राजीनामाको माग उठेको छ ।
मुख्यमन्त्री राउतको सबै भन्दा बढि चर्चामा रहेको बेटी पढाउ बेटी बचाऔं कार्यक्रम अन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाख रुपैया भ्रष्टचार गरिएको निष्कर्ष निकाल्दै अख्तियारले विशेष अदालमा मुद्धा दर्ताको तयारी गरिरहेको छ ।यो खबर सार्वजनिक भएसंगै मुख्यमन्त्री राउतको राजनीनमाको माग जोडतोडका साथ उठेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफले पनि अब मुख्यमन्त्री राउतले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनु पर्ने माग गरेका छन् ।
सामाजिक सन्जाल फेसबुकमा सर्राफले लेखेका छन् ,‘ मुख्यमन्त्री बेटी पढाउ बेटी बचाऔं कार्यक्रम अन्तर्गत साइकल खरिद प्रकरणमा अदालतमाा भ्रष्टचार मुद्धा दायर भएको छ , मधेस प्रदेशका मुख्यमन्त्री राजीनामा देउ ।
यसका साथै सर्राफले लेखेका छन् ,‘ अख्तियार पनि पुरै सेटिङ मै चलेको प्रमाणित भएको छ। मात्र सानो माछालाई समाउने ठुलोलाई सेटिङमा उन्मुक्ति दिने काम मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गतको साइकलमा भ्रष्टाचार मुद्दा प्रकरणमा पनि देखिएको छ ।
सर्राफले कर्मचारी माथी मुद्दा र मुख्यमन्त्रीलाई उन्मुक्ति दिने काम अख्तियारले गरेको आरोप लगाएका छन् । मुख्यमन्त्रीको बिना मिलेमतो ,बिना जानकारी र कमिसन बाडफाडको बिना मुख्यमन्त्री कार्यालय बाटै भ्रष्टाचार हुनु असम्भव हुने भन्दै सर्राफले भ्रष्टाचारी कर्मचारीको साथै भ्रष्टाचारका सरदार मुख्यमन्त्री राउत विरुद्ध पनि मुद्दा दायर गर्न माग गरेका छन् ।

