Madhes Khabar
राष्ट्रिय

पर्साका सुकुम्बासीको समस्या सामधानका लागि आयोग र पालिकाहरु बिच सम्झौता

मधेसखबर
वीरगन्ज,१२साउन : पर्सामा रहेका भूमिहीन दलित , सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि राष्ट्रिय भुमि आयोग र जिल्लाका आठ वटा पालिकाहरु बिच सम्झौता भएको छ ।वीरगन्ज स्थित राष्ट्रिय भुमि आयोग पर्साको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आयोग र ८ वटा पालिका बिच सम्झौता भएको हो ।

बिहीबार आयोग र पोखरीया नगरपालिका, विन्दवासिनी ,सखुवाप्रसौनी , पटेर्वासुगौली , जगरनाथपुर ,पकाहामैनपुर ,जिराभवानी र छिपहरमाइ गाँउपालिका बिच सम्झौता भएको राष्ट्रिय भुमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।

सम्झौतापत्रमा राष्ट्रिय भुमि आयोगका तर्फबाट केन्द्रिय विज्ञ सदस्य राघव यादव तथा पोखरीया नगरपालिकाकी उपमेयर रुबी ठाकुर, विन्दवासिनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी, सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव , पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी , जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव ,पकाहामैनपुर गाँउपालिकाका अध्यक्ष सुरेश मेहताले हस्ताक्षर गरेको अहमदले जानकारी दिए ।जिल्लाका ६ वटा पालिकासंग भने यसअििघ चैतमा नै सम्झौता भइसकेको अहमदले बताए ।

सम्झौता पछि अब राष्ट्रिय भुमि आयोग पर्साले ३५ दिने सूचना आह्वान गर्ने र त्यसपछि लक्षित समुदायबाट आवेदन संकलन गरेर भूमीहीन र सुकुम्बासीहरुको व्यवस्थापनका लागि आवश्यक प्रकृया अगाडि बढाइने आयोगका जिल्ला अध्यक्ष अहमदले बताए ।

 

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले नयाँ नेतृत्व पाएसंगै सक्रियता बढाएको आयोगका पर्सा सदस्य सुरेन्द्र सिंहले बताए ।

Related posts

हत्याका आरोपी विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेपछि कलैयामा प्रदर्शन

MadhesKhabar

सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण गर्ने षड्यन्त्र सफल हुँदैन : मन्त्री यादव

MadhesKhabar

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनहरुलाई न्याय दिन सांसद यादवको माग

MadhesKhabar

Leave a Comment