Madhes Khabar
राष्ट्रिय

देशभरीको ७ सय ५३ वटै मतगणना स्थलमा सीसी क्यामेरा अनिवार्य

मधेशखबर
वीरगंज , १६ बैशाख
– पालिका चुनावका लागि देशभरीकै मतगणना स्थलमा अनिवार्य सीसी क्यामेराको प्रबन्ध गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
मतगणनालाई पारदर्शी बनाउने तथा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले देशभरीका ७ सय ५३ वटै मतगणना स्थलमा सीसी क्यामेराको प्रबन्ध गर्न आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई परिपत्र पनि गरिसकेको आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Related posts

नवनियुक्त चार मन्त्रीले लिए शपथ

MadhesKhabar

राष्ट्रिय फोटोपत्रकारिता अवार्डका लागि पंकज र तिवारी सहित पर्साबाट चार जनाकाे मनोनयन

MadhesKhabar

चुनावका लागि दुइ दिन मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिने

MadhesKhabar

Leave a Comment