
काठमाडौं,१३बैशाखःसरकारले ’फास्ट ट्र्याक’ बाट कानुन बनाएर देशभरका सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्याका बारेमा बैठकमा गम्भीरतापूर्वक छलफल भएको र तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुभएको समस्या समाधानको प्रक्रिया शुरु गर्ने निर्णय भएको जानकारी दिइन् ।उनले सहकारीको समस्या नियमित प्रक्रियाबाट समाधान हुँदैन भन्ने कुरामा मन्त्रीहरू एकमत रहेका पनि बताइन् ।
त्यस्तै सरकारले डढेलो र आगलागी भएर जनधनको क्षति भएको र देशका विभिन्न क्षेत्रमा आगलागी र डढेलोको कारण भइरहेको क्षति न्यूनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिएको छ ।

